एनएमबी बैङ्कको सेयर कारोबार रोक्का

एनएमबीले ओम डेभलपमेन्टसंग मर्जरका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको भोलिपल्ट शुक्रबार सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई अनुरोध गरको हो ।

काठमाडौं । ओम डेभलपमेन्ट बैङ्कसंग मर्जर सम्झौता गरेको एनएमबी बैङ्कको सेयर कारोबार रोक्का भएको छ । एनएमबीले ओम डेभलपमेन्टसंग मर्जरका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको भोलिपल्ट शुक्रबार सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई अनुरोध गरको हो ।

एनएमबीले प्रति सेयर ७५ रुपैयाँमा ओमलाई मर्जर गर्ने सहमति भएको छ । एनएमबीको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । यस्तै ओमको २ अर्ब ५१ करोड रुपैयाँ छ ।