मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मी आन्दोलित (फोटो फिचर)

मिडिया काउन्सिलसहित केही कानुनमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्न खोजेको भन्दै नेपाल पत्रकार महासङ्घको नेतृत्वमा सञ्चारकर्मी आन्दोलनमा उत्रिएका हुन् ।

काठमाडौं । मिडियालाई नियन्त्रण गर्ने गरी संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकविरुद्ध सञ्चारकर्मी आन्दोलित भएका छन् ।

मिडिया काउन्सिलसहित केही कानुनमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्न खोजेको भन्दै नेपाल पत्रकार महासङ्घको नेतृत्वमा सञ्चारकर्मी आन्दोलनमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले मुखमा कालोपट्टी बाँध्नुका साथै प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारसम्बन्धी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

महासङ्घको अगुवाइमा भएको प्रदर्शनमा नागरिक समाजका अगुवा तथा आम सर्वसाधारण पनि सहभागी थिए ।