मानन्धरसँग स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा २७ वर्षको कार्यानुभव छ । उनी स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा २०७५ वैशाखमा अवकाश हुँदा रिटेल बैंकिङ विभाग प्रमुखका रुपमा कार्यरत थिइन् ।
काठमाडौं । वरिष्ठ बैङ्कर किशोरी मानन्धर नेसनल बैङ्किङ इन्स्टिच्युटको शैक्षिक निर्देशकमा नियुक्त भएकी छन् । मानन्धर जेठ १ गते सो पदमा नियुक्त भएकी हुन् ।
मानन्धरसँग स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा २७ वर्षको कार्यानुभव छ । उनी स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा २०७५ वैशाखमा अवकाश हुँदा रिटेल बैंकिङ विभाग प्रमुखका रुपमा कार्यरत थिइन् । उक्त कार्यालयमा उनले विभिन्न विभागअन्तर्गत कार्ड सेवा प्रमुख, व्याक्तिगत ऋण प्रमुख, ग्राहक सेवा प्रमुख तथा वरिष्ठ व्यवस्थापन र रणनीतिक समूहमा कार्य गरेकी थिइन् ।