ज्योतिको नयाँ स्वास्थ्य बीमा प्याकेज, ५० लाखसम्मको दाबी

कम्पनीले विभिन्न ३५ घातक रोगविरुद्धको अधिकतम ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षण हुने योजना ल्याएको हो । खासगरी, ११ वटा रोगहरुको मात्र बीमा गर्दै आएको कम्पनीले थप २४ वटा रोगको बीमासहित अत्यन्त खतरात्मक रोग क्यान्सको बीमा योजना ल्याएको छ ।

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ स्वास्थ्य बीमा प्याकेज योजना सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न घातक रोगविरुद्ध आम जनताको आर्थिक शुरक्षण गर्न यो योजना ल्याएको हो ।

कम्पनीले विभिन्न ३५ घातक रोगविरुद्धको अधिकतम ५० लाख रुपैयाँ सम्मको आर्थिक सुरक्षण हुने योजना ल्याएको हो । खासगरी, ११ वटा रोगहरुको मात्र बीमा गर्दै आएको कम्पनीले थप २४ वटा रोगको बीमासहित अत्यन्त खतरात्मक रोग क्यान्सको बीमा योजना ल्याएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले क्यान्सरसहित विभिन्न प्राणघातक रोगका लागि बिमा गर्ने योजना ल्याएको हो । कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योतिले क्यान्सर जस्तो प्राणघातक रोग लगायत विभिन्न ३५ ओटा रोग विरुद्ध आर्थिक सुरक्षण गर्ने गरी अधिकतम ५० लाख रुपैयाँको बीमा योजना ल्याइएको बताए । कम्पनीले प्याकेजसहितको उच्च स्वास्थ्य बीमा ल्याएको छ ।