भारत सरकारले बुझायो काठमाडौं–रक्सौल रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन रिपोर्ट

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक बर्षभित्र रेलमार्गको प्रारम्भिक अध्ययन सर्भेक्षण गर्ने सहमति भएको थियो । उक्त सम्झौताअनुसार, भारत सरकार आफ्नै प्रविधिमा अध्ययन गर्ने छ । भारत सरकारकै लगानीमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौतामा भएको थियो ।

काठमाडौं । भारत सरकारले काठमाडौं–रक्सौल रेलमार्ग निर्माणको पूर्व सम्भाव्यता अध्ययन (प्रिफिजीबिलिटी) प्रतिवेदन बुझाएको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारलाई उक्त सम्भाव्यता अध्ययन रिपोर्ट बुझाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले क्यापिटल नेपाललाई जानकारी दिए । ‘भारत सरकारले परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष पूर्व सम्भाव्यता रिपोर्ट बुझाएको छ’ उनले भने, ‘रेल विभागलाइ आधिकारीक जानकारी आएको छैन् ।’

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक बर्षभित्र रेलमार्गको प्रारम्भिक अध्ययन सर्भेक्षण गर्ने सहमति भएको थियो । उक्त सम्झौताअनुसार, भारत सरकार आफ्नै प्रविधिमा अध्ययन गर्ने छ । भारत सरकारकै लगानीमा रेलमार्ग निर्माण गर्ने गरी सम्झौतामा भएको थियो ।

क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा रेलमार्ग अध्ययनका लागि सम्झौतामा हस्ताक्षर गरेका थिए । रेलमार्ग काठमाडौंको चोभारसम्म ल्याइने छ ।
पूर्व सम्भाव्यता अध्ययन पछि रेलमार्ग निर्माणको विस्तृत डिजाइन अध्ययन(डीपीआर) निर्माण प्रक्रिया अघि बढ्नेछ ।

रेल विभागको प्रारम्भिक रिपोर्टअनुसार रक्सौलदेखि काठमाडौंसम्म १५० देखि १७० किमीको दुरीमा रेलमार्ग बन्नेछ । अधिकांश ठाउँमा सुरुङमार्ग र पुल हुने गरी प्रारम्भिक अनुमान रहेको विभागले बताएको छ ।

चिनिँया प्राविधिक टोलीले गरेको अध्ययनमा काठमाडांैं—रक्सौल रेलमार्ग बनाउन सकिने देखाएको थियो ।