बाहिरी चक्रपथ निर्माण अझै अन्योलमा, बजेट विनियोजन नहुने

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले अहिलेकै डिजाइन र समस्याका बाबजुद आयोजना अघि बढाउन बजेट छुट्याउन नसकिने बताए ।

काठमाडौं । बाहिरी चक्रपथ निर्माण अझै अन्योलमा धकेलिने देखिएको छ । सहरी विकास मन्त्रालयले आयोजना निर्माणका लागि आगामी आर्थिक बर्ष बजेट विनियोजन नगर्ने भएपछि सडक आयोजना अन्योलमा परेको हो ।

संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले अहिलेकै डिजाइन र समस्याका बाबजुद आयोजना अघि बढाउन बजेट छुट्याउन नसकिने बताए ।

पुरानै डिजाइन र जग्गा प्राप्तीमा देखिएका समस्या कारण बाहिरी चक्रपथ निर्माण अघि बढाउन नसकिएको राइले बताए । उपत्यकाभित्र तीन जिल्लालाई एक फन्को लगाउने बाहिरी चक्रपथ झन्डै ७२ किलोमिटर लम्वाइको हुनेछ ।