एनआईसी एसिया बैङ्कको नयाँ शाखा धनुषामा

धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका हुन् ।

काठमाडौं । एनआईसी एसिया बैङ्कले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन गरेको छ ।

धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं. ८, पिडारी चोकस्थित पिडारी चोक शाखाको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका हुन् ।

बैङ्कको मुलुकभर २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ ओटा एक्सटेन्सन काउन्टर तथा २६ ओटा शाखारहित बैंकिङ्ग एकाइ छन् ।