नेपाल बङ्गलादेश बैङ्कले  यो वर्ष १८२ करोड नाफा गर्ने

एनबीले ऋणपत्र (डिबेन्चर) निष्कासनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमायो वर्ष नाफा ७१ करोड ८२ लाख रुपैयाँ थप हुने प्रक्षेपण गरेको छ ।आगामी वर्ष एनबीले २ अर्ब २ करोड ७७ लाख र आर्थिक वर्ष ०७७/०७८ मा २ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ नाफा गर्ने सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

काठमाडौं । नेपाल बङ्गलादेश (एनबी) बैङ्कले चालू आर्थिक वर्षमा नाफा ६५ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा बैङ्कले १ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ खुदनाफा हुने अनुमान गरेको हो । गत आर्थिक वर्षमा १ अर्ब १० करोड ७९ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

एनबीले ऋणपत्र (डिबेन्चर) निष्कासनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमायो वर्ष नाफा ७१ करोड ८२ लाख रुपैयाँ थप हुने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षका ८ महिनामा बैङ्कले १ अर्ब १४ करोड रुपैयाँ खुदनाफा गरेको छ । बैङ्कले गत आर्थिक वर्षमा विस्तार गरेका नयाँ शाखा सञ्चालनमा आइसकेकाले आगामी ३ वर्षमा अनुमान गरिएको सञ्चालन आम्दानी तथा नाफा सजिलै प्राप्त गर्न सकिने अनुमान एनबीको छ ।

आगामी वर्ष एनबीले २ अर्ब २ करोड ७७ लाख र आर्थिक वर्ष ०७७/०७८ मा २ अर्ब ४२ करोड ४१ लाख रुपैयाँ नाफा गर्ने सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । नाफामा बढोत्तरी भएपछि यो वर्ष प्रतिसेयर आम्दानी (ईपीएस) २२ रुपैयाँ ५८ पैसा, आगामी वर्ष २३ रुपैयाँ ४३ र आर्थिक वर्ष ०७७/०७८ मा २६ रुपैयाँ पुग्ने अनुमान बैङ्कको छ ।

यो वर्ष एनबीले २ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ ब्याज आम्दानी गरेर नाफा १ अर्ब ८२ करोड रुपैयाँ पुग्ने अनुमान गरेको छ । यो वर्ष निक्षेप बढेर ६४ अर्ब ८७ करोड १५ लाख, आगामी वर्ष ७७ अर्ब ८४ करोड र ०७७/०७८ मा ९३ अर्ब ४१ करोड ४९ लाख रुपैयाँ पुग्ने बैङ्कको अनुमान छ । यो वर्ष ५६ अर्ब ८३ करोड ६० लाख, आगामी वर्ष ६८ अर्ब २१ करोड ६० लाख र ३ वर्षमा ८१ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गर्ने प्रक्षेपण बैङ्कको छ ।

आगामी वर्ष एनबीले ३ अर्ब २४ करोड ३२ लाख आर्थिक वर्ष ३ वर्षमा ३ अर्ब ८४ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्ने अनुमान बैङ्कको छ । जगेडा कोषको आकार बढेर यो वर्ष ३ अर्ब ३७ करोड ७० लाख, आगामी वर्ष ३ अर्ब ९७ करोड ३८ लाख र ३ वर्षमा ४ अर्ब ६६ करोड ३६ लाख रुपैयाँ पुग्ने अनुमान बैङ्कको छ ।

विगत तीन वर्षको नेटवर्थमा भएको औसत प्रतिफल १५ रहेका आधारमा सूक्ष्मरुपमा बजार र सम्भावित लक्ष्यहरुको अध्ययन गरेर वित्तीय विवरण बनाएको एनबीले स्पष्ट पारेको छ ।

आर्थिक वर्ष ०७४/०७५ मा निक्षेपतर्फ ९.५५ प्रतिशत तथा कर्जातर्फ १२ प्रतिशतको वृद्धि गरेको छ । अघिल्लो आवमा रहेको अत्यधिक तरलताको चाप आगामी वर्षहरुमा सहज हुने अनुमान एनबीको छ । सोही आधारमा आगामी वर्षहरुमा बैङ्कले व्यवसाय वृद्धि हासिल गर्न सक्ने अनुमान गरिएको विवरणमा उल्लेख छ ।