कालिका र जनसेवी लघुवित्त मर्जरमा जाने, सेयर कारोबार रोक्का

दुई संस्थाले मर्जरमा जान समझदारीपत्र (एमओयू) मा हस्ताक्षर समेत गरेका छन् ।

काठमाडौं । दुई लघुवित्त गाभिने (मर्जर) भएका छन् । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने सहमति गरेका छन् ।

दुई संस्थाले मर्जरमा जान समझदारीपत्र (एमओयू) मा हस्ताक्षर समेत गरेका छन् । मर्जरमा जान एमओयू गरेपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडलेले सेयर कारोबार रोक्का गरेको छ ।