क्षतिग्रस्त विद्यालय भवन निर्माण

जिल्लाको नौकुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले आइतबार उद्घाटन गरेका हुन् । हाइ हिमालयन ट्रेकिङ एण्ड एक्सिडेसन प्रालिले ८ कोठे भवन निर्माण गरेको हो ।

रसुवा । भूकम्पले पूर्ण क्षति भएको घोर्मु प्रावि भवन निर्माण गरिएको छ । विद्यालय क्षतिग्रस्त हुँदा भूकम्प गएको चार वर्षसम्म अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन सञ्चालन हुँदै आएको थियो ।

जिल्लाको नौकुण्ड गाउँपालिका–६ घोर्मुमा निर्माण गरिएको नवनिर्मित भवनको प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले आइतबार उद्घाटन गरेका हुन् । हाइ हिमालयन ट्रेकिङ एण्ड एक्सिडेसन प्रालिले ८ कोठे भवन निर्माण गरेको हो ।

१ करोडको लागतमा भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेलले बताए । भवन निर्माण भएसँगै पठनपाठनमा सहज भएको छ । विद्यालयमा ६९ विद्यार्थी अध्ययनरत छन् ।