सार्वजनिक खरिद नियमावली संशोधनकाे माग गर्दै निर्माण व्यवसायी आन्दाेलित, काम राेकी हेभी यन्त्र सडकमा राख्ने

विभिन्न निकायलाई भेटी नियमावली संशोधन गर्न माग गर्दै आएकाे नेपाल निर्माण व्यवसायी महासङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हाे ।

काठमाडौं । पटकपटक सार्वजनिक खरिद नियमावली २०७५ काे संशोधन गर्न माग गर्दै आएका निर्माण व्यवसायी अन्ततः आन्दोलनमा उत्रिएका छन् ।

विभिन्न निकायलाई भेटी नियमावली संशोधन गर्न माग गर्दै आएकाे नेपाल निर्माण व्यवसायी महासङ्घले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हाे ।

महासङ्घका महासचिव राेशन दाहालले ७ दिनभित्र संशोधन तथा खारेज नभए व्यवसायीकाे ईजाजत पत्र सरकारलाई बुझाउने, बाेलपत्र बहिष्कार गर्ने, हाल सञ्चालनमा रहेका काम राेकी हेभी इकुमेन्टहरु सडकमा राखी अवरोध पार्ने तयारी रहेको बताए ।