यीसँगै प्रदेश ५मा बैङ्कका शाखा १२ पुगेका छन् । यी शाखामार्फत बैङ्कले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैङ्किङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
काठमाडाैं । लक्ष्मी बैङ्कले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बर्दियाको गुलरिया र दाङको तुल्सीपुरमा १०४औँ र १०५औँ शाखा सञ्चालनमा ल्याएकोे छ । यीसँगै प्रदेश ५मा बैङ्कका शाखा १२ पुगेका छन् । यी शाखामार्फत बैङ्कले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैङ्किङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
यी नयाँ शाखाका साथ लक्ष्मी बैङ्कको सञ्जाल ४७ जिल्लामा १०५ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२७ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५८ शाखारहित बैङ्किङ एजेन्ट पुगेका छन् । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, बिमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैङ्कले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।