उनले आरोप प्रमाणित गरेर मात्र सांसदलाई बोल्न भनेका थिए । भ्रष्टाचार आरोप प्रमाणित भए आफू जुनसुकै सजाय पनि भोग्न तयार भएको उनले बताए । उनले सांसदलाइ अनावश्यक चार्ज नगर्न समेत आग्रह गरे ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि सांसदले नै भ्रष्टाचार गरेको आरोप लगाएका छन् । मंगलबार संघीय संसदको लेखा समितिको बैठकमा सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा भ्रष्टाचार गरेको आरोप लगाएपछि घिसिङ कड्किएका हुन् ।
उनले आरोप प्रमाणित गरेर मात्र सांसदलाई बोल्न भनेका थिए । भ्रष्टाचार आरोप प्रमाणित भए आफू जुनसुकै सजाय पनि भोग्न तयार भएको उनले बताए । उनले सांसदलाइ अनावश्यक चार्ज नगर्न समेत आग्रह गरे ।
प्राधिकरण आफैले भ्रष्टाचारको बारेमा छानबिन गर्न समिति गठन गरेको र सम्वन्धित निकायले नै छानबिन गरिरहेको बताए ।