सर्वसाधारण लगानीकर्ताले बैङ्क तथा वित्तीय संस्थाबाट वा अनलाइनमार्फत ‘मेरोसेयर’ खाता प्रयोग गरी आवेदन गर्न सक्नेछन् । फन्डले सर्वसाधारण लगानीकर्तालाई अधिकतम प्रतिफल दिने सीबीआईएलको दाबी छ ।
काठमाडौं । सीबीआईएल क्यापिटल लिमिटेडले बिहीबारदेखि सिटिजन्स म्युचुअल फन्ड–२ निष्कासन गर्ने भएको छ । प्रतिकित्ता १० रुपैयाँ अङ्कित मूल्य रहेको म्युचअल फन्ड १ अर्ब रुपैयाँको छ ।
निष्कासन गर्न लागेको कुल १० करोड इकाइमध्ये १ करोड ५० लाख इकाइ अर्थात् १५ प्रतिशत कोष प्रवद्र्धक सिटिजन्स बैङ्कले खरिद गर्नेछ । बाँकी संस्थागत र सर्वसाधारणलाई निष्कासन गरेको कोष व्यवस्थापक सीबीआईएल क्यापिटल लिमिटेडले जनाएको छ ।
सीबीआईएलले बुधबार पत्रकार सम्मेलन आयोजना गरी फन्ड निष्कासन बन्द छिटोमा जेठ १३ गते हुने जानकारी गराएको छ । न्यूनतम १०० देखि २ करोड इकाइसम्मलाई आवेदन दिन पाइने व्यवस्था गरिएको सीबीआईएलका निष्कासन प्रबन्धक शेखर पौडेलले बताए । आयोजनाको अवधि ७ वर्ष रहेको र औसत वार्षिक १९ प्रतिशतसम्म प्रतिफल दिने पौडेलले जानकारी दिए । म्युचअल फन्ड नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भई कारोबार हुने उनले बताए ।
सर्वसाधारण लगानीकर्ताले बैङ्क तथा वित्तीय संस्थाबाट वा अनलाइनमार्फत ‘मेरोसेयर’ खाता प्रयोग गरी आवेदन गर्न सक्नेछन् । फन्डले सर्वसाधारण लगानीकर्तालाई अधिकतम प्रतिफल दिने सीबीआईएलको दाबी छ ।
अघिल्लो वर्ष सीबीआईएले १ अर्ब रुपैयाँको सिटिजन्स म्युचअल फन्ड–१ निष्कासन गरेको थियो । सेयर बजार घट्दा पनि फन्ड–१ को खुद मूल्य ११ रुपैयाँ ५७ पैसा छ ।