लक्ष्मी बैङ्कको सेयर संरचनामा परिवर्तन, ९ लाख ५ हजार कित्ता सर्वसाधारण

काठमाडौं । लक्ष्मी बैङ्कको सेयर संरचनामा परिवर्तन भएको छ । नयाँ संरचनाअनुसार लक्ष्मीमा सर्वसाधारणको ४९ र संस्थापकको ५१ प्रतिशत स्वामित्व भएको छ ।

स्वामित्व घटाउन बैङ्कको ९ लाख ५ हजार ५१२ कित्ता सेयर संस्थापकबाट सर्वसाधारणमा परिणत भएको बैङ्कले जनाएको छ । सर्वसाधारणमा परिणत भएको सेयर कारोबारयोग्य भएको बैङ्कले जानकारी दिएको छ ।