इन्भेष्टमेन्ट बैङ्ककको म्युचअल फण्ड जेठ १९ देखि, २ लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने

फण्ड निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार १६ गतेलाई तोकिएको छ ।

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले जेठ १९ गतेदेखि सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएको छ । बैङ्कले सहायक कम्पनी एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाइ म्युचअल फण्ड निष्कासन गर्न लागेको हो ।

फण्ड निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार १६ गतेलाई तोकिएको छ । न्युनतम १०० देखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएलले जनाएको छ ।

नेपाल इन्भेष्टमेन्ट कोष प्रवद्र्धक र एनआईबीएल योजना व्यवस्थापक रहेको छ ।कुल निष्कासनको १५ प्रतिशत बैङ्कलाई सुरक्षित राखी निष्कासन हुने छ ।