विदेशीले पाँच करोड भन्दा कम लगानी गर्न नपाउने

विदेशी लगानीको सीमा पाँच करोड रुपैयाँ पु¥याएको सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए ।

काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा बढाएको छ । अहिलेसम्म न्यूनतम ५० लाख रुपैयाँसम्मका परियोजनामा लगानी गर्न पाउने प्रावधानलाई बढाएर न्यूनतम पाँच करोड रुपैयाँ पुर्याएको छ ।

विदेशी लगानीको सीमा पाँच करोड रुपैयाँ पु¥याएको सञ्चार मन्त्री गोकुल बास्कोटाले बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेर सीमा बढाएको हो ।

पाँच करोड तलका उद्योग, व्यवसायमा विदेशी लगानी आवश्यक नरहेको भन्दै सरकारले न्यूनतम सीमा बढाउने निर्णय गरेको हो ।