गाउँमै अल्ट्रासाउण्डबाट बिरामीको उपचार

जिल्लाको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकामा स्त्रीरोगसम्बन्धी दुई दिनसम्म शिविर सञ्चालन भएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिए ।

हुम्ला । दुर्गम जिल्ला हुम्लाका ग्रामीण बस्तीमा जिल्ला अस्पतालको टोलीले गाउँमै पुगेर अल्ट्रासाण्डबाट बिरामीको उपचार गरेका छन् । जिल्लाको सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकामा स्त्रीरोगसम्बन्धी दुई दिनसम्म शिविर सञ्चालन भएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिए ।

गाउँपालिकाको आर्थिक सहयोगमा र जिल्ला अस्पताल हुम्लाको आयोजनामा डा.दुर्गा सुर्खालीसहितको चार विशेषज्ञ टोली गाउँमै पुगेर उपचार गरेको सायाँ स्वास्थ्यचौकीका अहेव धर्मराज शाहीले जानकारी दिए । शिविरमा महिलाको पाठेघर, गर्भवती तथा अन्य स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श दिइएको अहेव शाहीले जानकारी दिए ।

अल्ट्रासण्डबाट सञ्चालन भएको शिविरमा सर्केगाड गाउँपालिका र चङ्खेली गाउँपालिकाका १७८ महिलाले स्वास्थ्य परीक्षण तथा सेवा लिएको सर्केगाड स्वास्थ्यचौकी इन्चार्ज सन्तोष धामीले बताए । सिमकोटमा रहेको जिल्ला अस्पतालबाट सर्केगाड ल्याइएको अल्ट्रासाण्डबाट शिविरमा बिरामीले सुविधा पाएको वरिष्ठ अनमी बोहराले जानकारी दिए ।