दुधपोखरी जलविद्युत प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको हाल वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) को काम सुरु भएको छ ।
काठमाडौं । निजी लगानीमा ८.८ मेगावाटको दुधपोखरी चेपे खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । दुधपोखरी जलविद्युत प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको हाल वातावरणीय प्रभाव मूल्याँकन (ईआईए) को काम सुरु भएको छ । आयोजनाले सर्वसाधारणबाट प्रतिक्रिया मागेको छ ।
आयोजना गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर २ र लम्जुङ जिल्लाको दुधपोखरी गाउँपालिका वडा नम्बर १ मा पर्छ । आयोजनाको बाँध अजिरकोटको कालापात्तलमा ३.५ मिटर उचाइ भएको ११ मिटर लामो बाँध निर्माण गरी सोही गाउँपालिकाको ओलाङमा रहने विद्युतगृहबाट बिजुली उत्पादन हुने छ ।
विद्युतगृहबाट उत्पादन हुने बिजुली २० किलोमिटर टाढा रहेको ३३ केभी प्रसारणलाइनमार्फत लम्जुङको कीर्तिपुर सवस्टेशनमा जोडिने आयोजनाले जनाएको छ । आयोजनाले १५ दिनभित्र रायसुझवा पेश गर्न अनुरोध गरेको छ ।