प्रभु बैङ्कको ५६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत

नयाँ संरचनाअनुसार प्रभुमा ५५ प्रतिशत संस्थापक र ४५ प्रतिशत सर्वसाधारणको स्वामित्व रहने छ ।

काठमाडौं । प्रभु बैङ्कको संस्थापक (प्रोमोटर) सेयर साधारणमा परिणत भएको छ । प्रभुले ५६ लाख ११ हजार ८४५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको हो ।

नयाँ संरचनाअनुसार प्रभुमा ५५ प्रतिशत संस्थापक र ४५ प्रतिशत सर्वसाधारणको स्वामित्व रहने छ । बैङ्कमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने व्यवस्था नेपाल राष्ट्र बैङ्कले गरेको छ ।

अझै ४ प्रतिशत सेयर संस्थापक सेयर सर्वसाधारणमा परिणत हुन बाँकी छ ।