शाखा उद्घाटन गर्दै प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले बैङ्कको उपस्थितिबिना सङ्घीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याए ।
काठमाडौं । सिभिल बैङ्क लिमिटेडले झापा जिल्लाको अर्जुनधारामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
शाखा उद्घाटन गर्दै प्रमुख अतिथि तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले बैङ्कको उपस्थितिबिना सङ्घीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याए । उनले बैङ्कको शाखा विस्तार हुँदा वित्तीय साक्षरताको अभिवृद्धि हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक समृद्धि आउने बताए ।
सिभिल बैङ्कका प्रमुख माईक्रो बैङ्किङ युवराज गुरागाईंले आर्थिक विकासका लागि बैङ्क अपरिहार्य रहेको बताए । सिभिल बैङ्कले आफ्ना ग्राहक तथा सरोकारवालाहरुको हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमूलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बैङ्कका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोषकुमार बुढाथोकीले बताए ।
सिभिल बैङ्कको यो सहित कुल शाखा सङ्ख्या ७४ पुगेकोे बैङ्कले जनाएको छ ।