विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुमा समिरशेखर बज्राचार्यको करीब १८ वर्षको अनुभव छ । बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका हुन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैङ्क लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा समिरशेखर बज्राचार्य नियुक्त भएका छन् । बज्राचार्य मुक्तिनाथ बैङ्कमा नियुक्त हुनुअघि गण्डकी विकास बैङ्कमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुमा उनको करीब १८ वर्षको अनुभव छ । बज्राचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका हुन् ।
मुक्तिनाथ विकास बैङ्कले देशैभरि ११४ ओटा शाखा, २२ ओटा एटीएम र छ लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बैङ्कास्योरेन्स, आस्बा, मोबाइल बैङ्किङ सुविधाका साथै देशैभर भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ ।