प्रभु बैङ्कको नयाँ शाखा चन्द्रौटामा

शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले एक समारोहबीच बैङ्कको चन्द्रौटा शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

कपिलवस्तु । प्रभु बैङ्क लिमिटेडले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले एक समारोहबीच बैङ्कको चन्द्रौटा शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि मेयर अधिकारीले प्रभु बैङ्कले देशका विभिन्न ठाउँमा बैङ्किङ सेवा विस्तार गरेकोमा खुसी प्रकट गर्दै चन्द्रौटा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैङ्किङ सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।