एनएमबी बैङ्कसंग समझदारीपत्रमा हस्ताक्षर गरेपछि स्वाप रेसियोमा असर पर्ने भन्दै बोनस सेयर वितरण नगर्ने प्रस्ताव स्वीकृतिका लागि अनुरोध गरको हो ।
काठमाडौं । ओम डेभलपमेन्ट बैङ्कले प्रस्ताव गरिएको १२.७० प्रतिशत बोनस सेयर वितरण नगर्नका लागि नेपाल राष्ट्र बैङ्कसंग अनुमति मागेको छ ।
एनएमबी बैङ्कसंग समझदारीपत्रमा हस्ताक्षर गरेपछि स्वाप रेसियोमा असर पर्ने भन्दै बोनस सेयर वितरण नगर्ने प्रस्ताव स्वीकृतिका लागि अनुरोध गरको हो । ओमले वोनस सेयर वितरण नगर्ने गरी साधारणसभा बोलाउन स्वीकृतिका लागि केन्द्रीय बैङ्कमा निवेदन जानकारी गराएको छ ।
शुक्रबार बसेको सञ्चालक समितिले एनएमबीले प्राप्ति गर्दा स्वाप रेसियोमा असर पर्ने निश्कर्ष बैङ्कले निकालेको छ । प्राइम कमर्शिय बैङ्कसंग प्राप्ति (एक्जिसन) प्रक्रिया असफल भएपछि ओमले एनएमबीसंग प्राप्ति प्रक्रियामा सहभागी भएको छ ।