जाइकाको ८ करोड ९२ लाखको आर्थिक सहयोगमा विद्यालय भवनको पुनःनिर्माण सुरु

भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएका मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङ नौ खण्डेस्थित बागेश्वरी माध्यामिक विद्यालयको नयाँ भवनको निर्माण कार्य सुरु भएको छ ।

हेटौंडा । भूकम्पबाट पूर्णरुपमा क्षतिग्रस्त भएका मकवानपुरको थाहा नगरपालिका–११ टिस्टुङ नौ खण्डेस्थित बागेश्वरी माध्यामिक विद्यालयको नयाँ भवनको निर्माण कार्य सुरु भएको छ ।

जापानी सहयोग नियोग जाइकाको आठ करोड ९२ लाखको आर्थिक सहयोगमा सुरु भएको सो भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवनमा २७ कोठा रहने छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रेखदेखमा एक वर्षभित्रमा निर्माण सम्पन्न हुने गरी कार्य अगाडि बढाएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । विद्यालयमा करीब ७०० विद्यार्थी अध्ययनरत छन् ।