सबैलाई शुद्ध खानेपानी : मन्त्री मगर   

कैलालीको टीकापुरस्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी साधारणसभामा उनले सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको बताइन् ।

भजनी । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सम्पूर्ण नेपालीलाई प्रशोधित खानेपानीको सुनिश्चितता गरी शुद्ध खानेपानी पुर्याउने सरकारको मुख्य लक्ष्य रहेको बताएकी छन् ।

कैलालीको टीकापुरस्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी साधारणसभामा उनले सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको बताइन् ।

“प्रशोधित खानेपानीको सुनिश्चितता सरकारको मुख्य एजेण्डा हो”, उनले भनिन् । मुलुकमा करीब ४३ हजार उपभोक्ता समितिमार्फत जनतालाई खानेपानीको व्यवस्था गरिएको मन्त्री मगरले भनिन् । खानेपानी घरघरमा पुर्याउन उपभोक्ता र विभिन्न सङ्घसंस्थामार्फत सरकार लागिपरेको उनको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य डा रणबहादुर रावलले शुद्ध खानेपानी पाउनु हरेक व्यक्तिको नैसर्गिक अधिकार भएको बताए । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले खानेपानी ढल निकाससँग पनि जोडिएकाले ढल निकासका लागि काम गर्नुपर्नेमा जोड दिए ।    रासस