रिसोर्टसहित बुटवलदेखि पाल्पासम्म लुम्बिनीले केवलकार सञ्चालन गर्ने

केवलकार सञ्चालन गर्नका लागि कम्पनीले रायसुझाव मागेको छ । लुम्बिनीले केवलकारको अतिरित्त माथिल्लो सटेशनमा १५० कोठा रहेको २२५ वेडको रिसोर्ट समेत सञ्चालनको तयारी छ ।

काठमाडौं । निजी लगानीमा बुटवलको बमघाटदेखि पाल्पाको वसन्तपुर डाँडासम्म ३ किलोमिटर केवल कार सञ्चालन हुने भएको छ । लुम्बिनी केवलकार प्राइभेट लिमिटेडले सञ्चालन गर्न लागेको केवलकारको वातावरणीय प्रभाव मूल्याँकनको काम सुरु भएको छ ।

केवलकार सञ्चालन गर्नका लागि कम्पनीले रायसुझाव मागेको छ । लुम्बिनीले केवलकारको अतिरित्त माथिल्लो सटेशनमा १५० कोठा रहेको २२५ वेडको रिसोर्ट समेत सञ्चालनको तयारी छ । यो वर्षदेखि निर्माण सुरु हुने लुम्बिनी केवलकार कम्पनीले जानकारी दिएको छ ।

केवलकारको अनुमानित लागत १ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । आउँदो २०२० को जनवरी सम्ममा केवलकार सञ्चालनमा ल्याउने तयारी लुम्बिनीको छ ।

केवलकारमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । केवलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने र सो जग्गा खरिदको लागि प्रक्रिया समेत अघि बढाएको कम्पनी जानकारी दिएको छ ।