आगामी वर्षदेखि नेपाल बैङ्कले सेयरधनीलाई लाभांश दिने

सेयरधनीले उठाएको प्रश्नको जवाफ दिदै वित्तीय अवस्थाका आधारमा नियमनकारी निकायको स्वीकृतिमा आगामी वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने तयारी भएको जानकारी गराएका हुन ।

काठमाडौं । नेपाल बैङ्कले आगामी आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने बैङ्कका अध्यक्ष वाशुदेव अधिकारीले हालै सम्पन्न ५९ औं वार्षिक साधारणसभामा बताएका हुन् ।

उनले सेयरधनीले उठाएको प्रश्नको जवाफ दिदै वित्तीय अवस्थाका आधारमा नियमनकारी निकायको स्वीकृतिमा आगामी वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्ने तयारी भएको जानकारी गराएका हुन ।

गत आर्थिक वर्षदेखि सञ्चित नोक्सानबाट बैङ्क नाफामा गएको हो । नेपाल लेखामान स्तर (एनएफआरएस) ले थप ४३ करोड रुपैयाँ दायित्व र अवकासपछि दिनुपर्ने पेन्सन रकम व्यवस्थापन गर्नुपर्दा सेयरधनीलाई लाभांश वितरण गर्न नसकेको बैङ्कको भनाइ छ ।

गत चैतसम्म बैङ्कले २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । ९ महिनासम्म बैङ्कले १ अर्ब ६२ करोड १६ लाख रुपैयाँ लाभांश बाँड्ने अवस्थामा रहेको बैङ्कले जनाएको छ । बैङ्कको संचित कोषको आकार १५ अर्ब ६१ करोड १० लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाशदेखि बैंङ्कले नाफा गर्न थालेको हो । यसअघि भएको दायित्व भुत्तानी गत वर्षको पुसमै व्यवस्थापन गरिसकेको थियो ।