७७.८ प्रतिशत जनतामा पुग्यो बिजुली

गत फागुनसम्म विद्युत उत्पादन जडित क्षमता बढेर १ हजार १४२ मेगावाट पुगेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यसमध्ये १८ प्रतिशत जनताले नविकरणीय ऊर्जा स्रोतबाट बिजुली उपयोग गरिरहेका छन् ।

काठमाडौं । ७७.८ प्रतिशत जनतामा बिजुली सुविधा पुगेको छ । अब २२.२ प्रतिशत जनतामा बिजुली पुग्न बाँकी रहेको सरकारले जानकारी दिएको छ ।

गत फागुनसम्म विद्युत उत्पादन जडित क्षमता बढेर १ हजार १४२ मेगावाट पुगेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यसमध्ये १८ प्रतिशत जनताले नविकरणीय ऊर्जा स्रोतबाट बिजुली उपयोग गरिरहेका छन् ।

चालु आर्थिक वर्षसम्ममा २३२ मेगावाट र आगामी वर्ष १ हजार १४९ मेगावाट बिजुली थप हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
३ वर्षअघि देखि नै मुलुक लोडसेडिङमुक्त भइसकेको छ । विस्तारै आन्तरिक मागले धान्ने अवस्थमा पुगेको छ ।