सडक विभागको पुल योजना सेक्टर नम्बर २ का प्रमुख अङ्गलाल रोकायाका अनुसार रङ्गरोगनको काम केही दिनमा शुरु हुँदैछ । तनहुँतर्फ पुलभन्दा सडक दुई मिटर अग्लो भएकाले सडक गहिरो पारेर पुलमा जोड्नुपर्ने हुन्छ । जसका लागि यही जेठ १६ गतेबाट २५ गतेसम्म रातिमा सडक रोकेर काम गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
चितवन । पृथ्वी राजमार्गको मुग्लिनस्थित इच्छाकामना र तनहुँको आँबुखैरहनी गाउँपालिका जोड्ने पुल (आर्च ब्रिज) यही असार पहिलो साताबाट सञ्चालनमा आउने भएको छ ।
पुलको रङगरोगनको काम र तनहुँतर्फ राजमार्गसँग जोड्नका लागि बाटो बनाउने काम बाँकी छ । सडक विभागको पुल योजना सेक्टर नम्बर २ का प्रमुख अङ्गलाल रोकायाका अनुसार रङ्गरोगनको काम केही दिनमा शुरु हुँदैछ । तनहुँतर्फ पुलभन्दा सडक दुई मिटर अग्लो भएकाले सडक गहिरो पारेर पुलमा जोड्नुपर्ने हुन्छ । जसका लागि यही जेठ १६ गतेबाट २५ गतेसम्म रातिमा सडक रोकेर काम गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
करीब एक सय मिटर परसम्म सडक गहिरो बनाएर पुलसँग जोड्ने तयारी गरिएको छ । प्रमुख रोकायाले यी सबै काम सकेर असार पहिलो साताबाट पुल सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । हाल सञ्चालनमा रहेको पुल जीर्ण बनेपछि विसं २०६९ फागुन २३ गते सो पुलको निर्माण थालिएको थियो ।
एलाइट एड्भेञ्चर लोहनी जेभिले १२ करोड रूपैयाँमा बोलपत्र सकार गरी निर्माणको काम शुरु गरेको थियो । विसं २०७५ को मसान्तमा काम सम्पन्न गर्नुपर्नेमा ठेकेदार कम्पनीले नक्साङ्कन लगायतका विविध कारण देखाउँदै समय थप मागेको थियो । थपिएको समय यही जेठ मसान्तमा सकिँदै छ । १६० मिटर लामो सो पुलको आर्चको भाग १२० मिटर छ । सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा छ ।
पुल सम्पन्न भएपछि चिनियाँ प्राविधिक झिकाएर पुरानो पुल मर्मत गरी दुवै पुल प्रयोगमा ल्याइने योजना बनाइएको रोकायाले बताए । रासस