एनआइसी एशिया बैंकले थप्यो विराटनगर र धरानमा नयाँ शाखा

एनआइसी एशिया बैँकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा एकसाथ दुई नयाँ शाखा विस्तार गरेको छ।

विराटनगर महानगरपालिका–१५, रानीमिल्स एरिया र धरान उपमहानगरपालिका–१८ मा एकैदिन २ शाखा विस्तार गरेको हो।

विराटनगर शाखाको राजेन्द्र प्रसाद अर्यालले शाखाको उद्घाटन गरेका हुन् भने धरान शाखाको विनोद कुमार प्याकुरेलबाट उद्घाटन गरे। उनीहरु दुबै जना बैंकका संचालकहरु हुन्।

देशभर २ सय ८४ शाखा कार्यालय, २ सय ८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २८ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको यो बैँक देशकै धेरै शाखा भएको बैंक हो।

करिब १६ लाख ग्राहक रहेको बैंकले जानकारी दिएको छ।