तातोपानी नाका आजदेखि सञ्चालनमा

चीन जोड्ने प्रमुख नाकाकारुपमा रहेको तातोपानी नाका भूकम्पपछि चिनियाँ पक्षले बन्द गरेको थियो। चीनबाट ऊन लोड गरेका चारवटा कन्टेनर नेपाल पठाएर औपचारिक रूपमा नाका संचालनको औपचारिक शुभारम्भ हुनेछ।

काठमाडौं । चीन सरकारले निर्माण गरेको तातोपानी नाका बुधबारदेखि सञ्चालनमा आउँदै छ । तातोपानीस्थित मितेरी पुलमा विशेष कार्यक्रमको आयोजना गरी नाका पुनः सञ्चालन गर्ने तयारी भएको वाणिज्य मन्त्रालयले जनाएको छ ।

चीन जोड्ने प्रमुख नाकाकारुपमा रहेको तातोपानी नाका भूकम्पपछि चिनियाँ पक्षले बन्द गरेको थियो। चीनबाट ऊन लोड गरेका चारवटा कन्टेनर नेपाल पठाएर औपचारिक रूपमा नाका संचालनको औपचारिक शुभारम्भ हुनेछ। तर यो नाकाबाट सामान आउन भने कम्तीमा पनि तीन महिना लाग्नेछ।

पुन सञ्चालनको शुभारम्भ उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिकाप्रसाद यादव र चिनकातर्फबाट चीनको भन्सार प्रशासनका उपमन्त्री झाङ जियोनले गर्ने कार्यक्रम रहेको छ ।

सञ्चालनको शुभारम्भसँगै दुबै तिरका यातायात र ढुवानीका साधनहरुको आवतजावतसमेत सञ्चालन हुने तातोपानी भन्सारको प्रमुख भन्सार अधिकृत बस्नेतले जानकारी दिए ।