लक्ष्मी बैङ्कको १०६ औँ शाखा सिन्धुपालचोकको मेलम्चीमा

नयाँ शाखामार्फत बैङ्कले ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैङ्किङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

काठमाडौं । लक्ष्मी बैङ्कले आफ्नो १०६ औँ शाखा सिन्धुपालचोकको मेलम्चीमा खोलेकोे छ । नयाँ शाखामार्फत बैङ्कले ग्राहकका वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैङ्किङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

नयाँ शाखासँगै लक्ष्मी बैङ्कको सञ्जाल ४७ जिल्लामा १०६ शाखा, २ एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १२८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५८ शाखारहित बैङ्किङ एजेन्ट पुगेका छन् ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बिमालगायतका वित्तीय सेवाहरुको बढ्दो माग पूरा गर्न बैङ्कले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामकरुपमा सेवा विस्तार गर्दै आएको छ ।