तनहुँमा ५३ ओटा विद्यालय निर्माण प्रक्रियामा

आव २०७५/०७६ बाट सुरु भई आव २०७६/०७७ को मध्य अवधिमा सम्पन्न हुने गरी ५३ विद्यालयको भवन निर्माण गर्ने भएको हो ।

तनहुँ । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)बाट तनहुँमा ५३ विद्यालय भवन निर्माण गरिने भएको छ । आव २०७५/०७६ बाट सुरु भई आव २०७६/०७७ को मध्य अवधिमा सम्पन्न हुने गरी ५३ विद्यालयको भवन निर्माण गर्ने भएको हो ।

भूकम्पले क्षति पु¥याएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय छनोट गरी पठाएकामा केन्द्रीय आयोजनाबाट स्वीकृति भएर आएको ५३ विद्यालय भवनको निर्माण प्रक्रिया अघि बढाइएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) तनहुँका इकाइ प्रमुख सूर्यप्रसाद क्षेत्रीले जानकारी दिए ।

दुई कोठाका २५, तीन कोठाका ६ र चार कोठाका २२ ओटा विद्यालय भवन निर्माण गरिनेछ क्षेत्रीले बताए । गत आवमा भूकम्पले बढी क्षति भएका निर्माणाधीन ५२ विद्यालयमध्ये पाँच ओटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको र अन्यको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।

बाउन्न ओटा शौचालय निर्माणका लागि मात्रै १५ लाख लागत अनुमान गरिएको उनले बताए ।