कृषिमा ५ प्रतिशत वृद्धिदर कायम हुने 

काठमाडौं । चालू आर्थिक वर्ष २०७६/६७ मा कृषि क्षेत्रमा ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । बुधबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट भाषणमा उनले यस्तो बताएका हुन् । उनले गत वर्ष २.८ रहेको कृषिको वृद्धिदर रहेकोमा आगामी आर्थिक वषर्मा ५ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको बताए ।