बजेट २०७६/७७ : ९२ प्रतिशत जनसंख्यामा खानेपानी सुविधा, मेलम्चीलाई साढे सात अर्ब

काठमाडौंमा खानेपानी वितरण गर्ने प्राथमिकताको यो योजनालाई पूर्णता दिनका लागि रकम विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन् ।

सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि आगामि आर्थिक वर्ष ०७६/७७का लागि सात अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । काठमाडौंमा खानेपानी वितरण गर्ने प्राथमिकताको यो योजनालाई पूर्णता दिनका लागि रकम विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा उल्लेख गरेका छन् । सरकारले आगामि आर्थिक वर्ष ९२ प्रतिशत जनसंख्यामा खानेपानीको सुविधा पु¥याउने घोषणा गरेको छ । निर्माणाधीन अधुरा खानेपानी आयोजना पूरा गर्ने जनाएको छ ।