बजेट २०७६/०७७ : कृषि क्षेत्रमा प्राविधिक जनशक्ति उपलब्ध गराइने

यसका लागि सरकारले अतिरिक्त कृषि तथा वन अध्ययन संस्थानमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नशिपको व्यवस्था गरिएको छ ।

काठमाडौं । कृषि क्षेत्रमा प्राविधिक जनशक्ति उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्राविधिक उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसका लागि सरकारले अतिरिक्त कृषि तथा वन अध्ययन संस्थानमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नशिपको व्यवस्था गरिएको छ ।

कृषकलाई कृषि सूचना र बजारको मूल्य जानकारी सर्वसुलभ बनाउन मोबाइल एपलगायत सूचना प्रविधिको विकास र प्रयोगमा जोड दिइने छ ।