काठमाडौं । बाँकी रहेको २१२ स्थानीय तहमा प्राविधिक धारको अध्ययन अध्यापन गराउन २६ करोड बजेट बिन्योजन । प्राविधिक तथा व्यवसाय शिक्षा परिषद र व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि योजना अन्तर्गत ८३ हजार युवालाई विभिन्न प्राविधिक शिप दिन एक अर्ब ७२ करोड रुपयाँ छुट्याइएको ।
प्रत्येक प्रदेशमा प्राविधिक शिप परिक्षण केन्द्र तथा बहुप्राविधिक शिक्षलय निर्माण गरिनेछ ।
स्नातक तथा स्नातहकोत्तर तहमा विज्ञान पढाई हुने शैक्षिक संस्थामा प्रयोगशाला सुधार प्रत्येक जिल्लोमा एक प्राविधिक धारको आंगिक क्याम्पसको व्यवस्था मिलाउने योजना छ । विश्व स्तरको अध्ययन र अनुसन्धान विशिष्टिकृत विश्वविद्यालयको रुपमा मदनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको रुपमा स्थापना गर्न एक अर्ब दश करोड विन्योजन मदन भण्डारी विश्वविद्यालयको योजना चालू आवको बजेटमा राखिएको छ ।
परमाणविक रेडियोधर्मी र विकिरणको सुरक्षित र शान्तिपूर्ण प्रयोगका लागि परमाणविक अनुसन्धान केन्द्रको स्थापना गर्ने अन्तरीक्ष अनुसन्धान केन्द्र स्थापना गर्ने ।
बाइलोजिकल, सेलेलोजिक र अपराध अनुसन्धानलाई सहज बनाउन संघीय तहमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाालाई केन्द्रिय अनुसन्धानात्मक केन्द्रको रुपमा विकास गरी हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने ।
शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा रु एक खर्ब ६३ अर्ब ७६ करोडको बजेट विन्योजन