काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष रासायनिक मल अनुदानका लागि ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा प्रस्तुत गरेको आगामी बर्ष २०७६/०७७ को बजेटमा यस्तो बताएका हुन् ।
चालू आर्थिक बर्षमा भने सरकारले रासायनिम मल खरिदका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको थियो ।