बजेट २०६७/६७ : उखु किसानलाई ९५ करोड अनुदान

उखु किसानले समयमा उखुको अनुदान नपाएको गुनासो गर्दै आएको अवस्थामा सरकारले किसानका लागि ९५ करोड रुपैयाँ अुनदान दिने घोषणा गरेको छ । यसअघि दिँदै आएको अनुदानलाई आगामि आर्थिक वर्ष ०७६÷७७का लागि पनि निरन्तरता दिएको हो ।
किसानले उखु प्रतिक्विन्टल ६५ रुपैयाँ अनुदान पाउँदै आएका छन् । सरकारले बजेट विनियोजन गरे पनि समयमै अनुदानको रकम नपाएको गुनासो गर्दै आएका छन् । मुख्यगरी रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, सुनसरी, नवलपरासी, कपिलबस्तु, कञ्चनपुरमा करिब एक लाख किसानले उखु खेती गर्दै आएका छन् ।