बजेट २०७६/७७ : रासायनिक मलका लागि नौ अर्ब

काठमाडौं । सरकारले कृषिजन्य वस्तुमा उत्पादन बढाउनका लागि रासायनिक मलको अनुदान दिन ३३ प्रतिशत बजेट बढाएको छ । चालु आर्थिक वर्षसम्म करिब ६ अर्ब रुपैयाँ रहेकोमा आगामि आर्थिक वर्ष ०७६÷७७का लागि नौ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन् । प्रांगारिक उत्पादन बढाउने घोषणा गरेको सरकारले आफ्नै नीति विपरित रासायनिक मल प्रयोगलाई प्रोत्साहन गर्ने बजेटमार्फत घोषणा गरेको छ ।