काठमाडौं । नागढुंगा—नौबिसे सुरुङमार्ग निर्माणका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि सरकारले उक्त रकम छुट्याएको छ ।
मुलुकको राजधानी प्रवेश गर्ने सडक साँघुरो र जीर्ण हुँदा सवारी साधन व्यवस्था गर्न हम्मे परिरहेको अवस्थामा सरकारले नागढुंगा–नौविसे सडक निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ । सर्भे भएर निर्माण अघि बढेको उक्त सडकमा आगामि आर्थिक वर्ष ०७६÷७७का लागि ६ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन् । उक्त सडक निर्माण गरेपछि काठमाडौं प्रवेश गर्ने सवारीलाई सहज हुनेछ ।