काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि ३ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ । सो विमानस्थलको पहिलो चरणको काम यसै वर्ष सकिने बताइएको छ । पोखरामा निर्माण भइरहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।