बजेट २०७६/०७७ : ठूला बैङ्क मर्जर गरिने

बीमा कम्पनीको मर्जरलाई पनि बजेटमा जोड दिइएको छ ।

काठमाडौं । सरकारले ठूला बैङ्कलाई एकआपसमा गाभ्न (मर्जर) जोड दिने भएको छ । बैङ्कको संख्या घटाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्था मर्जरलाई जोड दिएको बताएका छन् । यस्तै बीमा कम्पनीको मर्जरलाई पनि बजेटमा जोड दिइएको छ ।