बजेट २०७६/७७ : चुहानडाँडा, गोकुलेश्वर, कमलबजार र स्वर्गद्वारीमा नयाँ एयरपोर्ट

काठमाडौं । हवाई सेवाको विस्तार गर्नका लागि चुहानडाँडा, गोकुलेश्वर, कमलबजार र स्वर्गद्धारीमा नयाँ विमानस्थल निर्माण गरिने भएको छ । आर्थिक बर्ष २०७६/७७ को बजेट मार्फत ती स्थानमा विमानस्थल बनाउने घोषणा गरिएको हो । यस्तै त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल बनाएर २४ घन्टा चलाउने सरकारको योजना रहेको छ ।