मर्जरमा जाने बैङ्कलाई १ वर्षसम्म करछुट

मर्जरमा जाने बैङ्कले थप १ वर्षसम्म कर छुट पाउने भएका हुन् ।

काठमाडौं । सरकारले एक आपसमा गाभिने र प्राप्ति (एक्विजिसन) प्रक्रियामा सामेल हुने बैङ्क तथा वित्तीय संस्थालाई दिदै आएको कर छुटको समय १ वर्ष बढाएको छ । मर्जरमा जाने बैङ्कले थप १ वर्षसम्म कर छुट पाउने भएका हुन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बैङ्क तथा वित्तीय संस्था मर्जरलाई जोड दिएको बताएका छन् । यस्तै बीमा कम्पनीको मर्जरलाई पनि बजेटमा जोड दिइएको छ ।