आगामी आर्थिक वर्षमा बजेट घाटा ५ खर्ब

अपुग रकम वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड र १ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटघाटा झण्डै ५ खर्ब रुपैयाँ रहेको देखिएकाके छ । आगामी आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विनियोजन भएको बजेटलाई आवश्यक खर्च व्योहर्ने स्रोतमध्ये राजश्व संकलनबाट ९ खर्ब ८१ अर्ब १३ करोड, वैदेशिक अनुदान ५७ अर्ब ९९ करोड व्यवस्थापन हुँदा ४ खर्ब ९४ अर्ब ८३ करोड रुपैयाँ अपुग हुने देखिएको हो ।

अपुग रकम वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब ८३ करोड र १ खर्ब ९५ अर्ब आन्तरिक ऋणबाट पूर्ति गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

यस्तै साधारणतर्फ ९ खर्ब ५७ अर्ब १० करोड, पुँजीगत तर्फ ४ खर्ब ८ अर्ब र वित्तीय व्यवस्थापनमा १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन रहेको अर्थमन्त्री खतिवडाले बताए ।

उनका अनुसार कुल बजेटको साधारणतर्फ ६२.४ पुँजीगततर्फ २६.६ र वित्तीय व्यवस्थापनमा ११ प्रतिशत रहेको छ ।