बजेटमा नेताका प्रतिक्रिया : वितरणमुखी बजेटले परिणाम कम आउने

काठमाडौं । सरकारल सार्वजनिक गरेको आर्थिक बर्ष २०७६/७७ को बजेटलाई नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । उनिहरुले बजेट वितरणमुखी भएको र परिणाम कम आउने खतरा भएको टिप्पणी गरेका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बजेट वितरणमुखी भएको बताएका छन् । सरकारसँग बजेट कार्यान्वयन गर्ने क्षमता नै नभएको देउवाको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले बजेट लोकप्रिय र वितरणमुखी भएको बताएका छन । उनले यो बजेटलाई विगतकै निरन्तरताको संज्ञा दिए ।

उनले आवश्यकता गुणात्मक ढङ्गले उत्पादन र रोजगारी बढाउने भएपनि गुणात्मक फड्को मार्ने ढङ्गले बजेट नआएको उनको टिप्पणी छ ।
नेपाली कांग्रेसका सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छाया सरकारका अर्थमन्त्री डा. मीनेन्द्र रिजालले अर्थमन्त्रीले अवसर सदुपयोग गर्न नसकेको आरोप लगाए । उनले अर्थमन्त्रीले लोकरिझाइँको बजेट ल्याएको बताउदै विकासको आधार नबन्ने बजेट आएको बताए ।

पूर्वअर्थमन्त्री एवम नेकपा नेता सुरेन्द्र पाण्डेले बजेट धेरैतिर छरिएको प्रतिक्रिया दिएका छन । आयोजनाका लागि सरकारले बजेट छुट्टाउने काम गरेको भए पनि परिणाम कम आउने खतरा रहेको उनको भनाइ छ ।

नेकपाकै अर्का नेता भीम रावलले बजेटको कार्यान्वयन पक्ष सधैं नै चुनौतीपूर्ण रहेको भन्दै रावलले प्रशासनिक संयन्त्रले प्रभावकारी ढंगले काम गरे मात्रै यसको कार्यान्वयन सहज हुने बताए ।

बजेटको कार्यान्वयन पक्ष सधैं नै चुनौतीपूर्ण रहेको भन्दै रावलले प्रशासनिक संयन्त्रले प्रभावकारी ढंगले काम गरेमामात्रै यसको कार्यान्वयन सहज हुने उनको भनाइ छ ।