अर्थमन्त्री सेयर बजारप्रति सकरात्मक भएपछि लगानीकर्ताले गरे स्वागत, बजार अब के होला ?

बजेटलाई सेयर लगानीकर्ताले स्वागत गरेको लगानीकर्ता छोटेलाल रौनियारले बताए । क्यापिटल नेपालसंग कुरा गर्दै उनले पुँजीगत लाभकर हटाउनु नै सेयर बजारका लागि ठुलो उपलब्धि भएको बताए ।

काठमाडौं । सरकारले बजेटमार्फत सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर दर घटाएपछि लगानीकर्तालाई राहत भएको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सेयर बजारको विकासका लागि पुँजीगत लाभकर ५ प्रतिशत कायम हुने घोषणा गरेका छन् ।

अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको बजेटमा प्राकृतिक व्यक्तिको पुँजीगत लाभकर बढाएर ७.५ प्रतिशत कायम गरेका थिए । अर्थमन्त्रीले बजारलाई असर हुने गरी लाभकर बढाएपछि सेयर बजारका लगानीकर्ताले आक्रोश पोखेका थिए ।

अर्थमन्त्रीका नीतिगत निर्णयले बजार घटेको भन्दै लगानीकर्ता उनी प्रति नकरात्मक देखिएका थिए । अन्तमा अर्थमन्त्री खतिवडा युटर्न भएका छन ।

बजेटलाई सेयर लगानीकर्ताले स्वागत गरेको लगानीकर्ता छोटेलाल रौनियारले बताए । क्यापिटल नेपालसंग कुरा गर्दै उनले पुँजीगत लाभकर हटाउनु नै सेयर बजारका लागि ठुलो उपलब्धि भएको बताए । ‘पछिल्लो समयमा बजारमा सुधार हुदै गएको थियो’ उनले भने ‘सरकारले गरेको नयाँ व्यवस्थाले बजार बढ्ने देखिएको छ’ ।

बजेटमा बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीको मर्जर, नेपाल स्टक एक्चेन्ज (नेप्से) लिमिटेडको संरचनातगत सुधारको कार्यक्रमले लगानीकर्तालाई उत्साहित बनाएको रौनियारको भनाई छ ।