मोदीको सपथ ग्रहणमा उद्योगपति विनोद चौधरीलाई पनि निमन्त्रणा

चौधरी ग्रुपका अध्यक्षसमेत रहेका उद्योगपति चौधरीलाई भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागीताका लागि भारतको राष्ट्रपति कार्यालयबाट औपचारिक निमन्त्रणा आएको हो ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागीताका लागि उद्योगपति विनोद चौधरीलाई निमन्त्रणा गरिएको छ ।

चौधरी ग्रुपका अध्यक्षसमेत रहेका उद्योगपति चौधरीलाई भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागीताका लागि भारतको राष्ट्रपति कार्यालयबाट औपचारिक निमन्त्रणा आएको हो ।

मोदीको प्रधानमन्त्रीको रुपमा दोश्रो कार्यकालको सपथग्रहण बिहीबार बेलुका ७ बजेका लागि तय भएको छ । सपथग्रहण समारोहमा उद्योगपति चौधरी पनि सहभागी हुने छन् । उद्योगपति चौधरी समारोहमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।